चिनियाँ जहाजले सोलुखुम्बुमाथि दुई दर्जनभन्दा धेरै पटक ओहोरदोहोर किन गर्‍यो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २०,सोलुखुम्बु । मङ्गलबार बिहान एउटा चिनियाँ जहाज सोलुखुम्बुमाथि धेरै पटक ओहोरदोहोर गर्‍यो । चीनमा दर्ता भएको बिचक्राफ्ट बी ३३० सी जहाजले सोलुखुम्बुको खुम्जुङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, चोयुलगायतका क्षेत्रका आकाशमा उडान भर्‍यो ।

जहाजहरुको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार २४ का अनुसार यो जहाज सोलुखुम्बुमाथि ३३ हजार आठ सय फिटको उचाइसम्म पुगेको थियो । जहाज चाइना फ्लाइङ ड्रागन एभिएशन कम्पनीमा दर्ता भएको देखिन्छ । जहाजले दुई दर्जनभन्दा धेरै पटक ओहोरदोहोर गर्‍यो ।

नेपाली आकाशमा यो जहाज धेरैबेर घुमेपछि सामाजिक सञ्जालमा यसले नेपालको हवाई क्षेत्र प्रयोग गर्नको लागि अनुमति लिएकोरनलिएको बारेमा चर्चा भयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यो चिनियाँ जहाजले नेपालको हवाई क्षेत्र प्रयोग गर्न अनुमति लिएको जनाएको छ ।

‘चिनियाँ जहाजले हाम्रो अनुमति लिएरै उडान गरेको हो, यसबारेमा हामी जानकार छौँ’, त्रिभुवन अन्तर्राष्ट्रिय विभागको फ्लाइट अपरेशन विभागका एक अधिकारीले भने ।

जहाजले कुन प्रयोजनको लागि अनुमति लिएको छ ? भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयमा प्रस्ताव आएछ अनि पर्यटन मन्त्रालय हुँदै नागरिक उड्डयन प्राधिकरणमा कुरा आएको रहेछ । प्राधिकरणले ‘चिनियाँ जहाजलाई अनुमति दिन’ भनेपछि हामीले उडान अनुमति दिएका हौँ ।’

चीनले सगरमाथाको उचाइ नापिरहेकाले त्यसको प्रयोजनको लागि जहाज उडेको हुन सक्ने अनुमान छ । विमानस्थलका अधिकारीले भने, ‘डिसेम्बरसम्म उड्नको लागि यो जहाजले अनुमति पाएको छ, बीचमा एकरडेढ महिनामा उड्दैन, नत्र उडिरहने जानकारी पाएका छौँ ।’

-उज्यालोबाट

ताजा अपडेट

खोजी गर्नुहोस